जेठ ०९, २०८१, बुधबार
               

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने भएका छन् । उनले जेठ २७ गते मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना छन् ।  गुरुङ नेतृत्वकाे सरकार जोगाउन ३१ मत चाहिन्छ । 

प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् ।

यो पनि