बैशाख ०८, २०८१, शनिबार
               

राजनीतिकमा विचलित भएर प्रचण्ड देउवाको शरणमा पुगे : टोपबहादुर रायमाझी

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । माओवादी छाडेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू फेरि नेकपा माओवादी केन्द्रमा नफर्कने बताएका छन् । 

उनले एक विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रमा फर्कने समाचार केही संचारमाध्याममा आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू अहिले केपी ओली नेतृत्वको पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको उल्लेख गरेका हुन् । 

सर्वोच्च अदालतले नेकपाको एकता भंग गरी तत्कालीन दुई पार्टी ब्यूँताइ दिएपछि रायमाझीसहितका माओवादी केन्द्रका केही नेताहरु एमालेमै रहेका छन् ।

नेता रायमाझीले औपचारिक रुपमा विघटनको घोषणा मात्र गर्न बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन आफूहरुका बारेमा भ्रमपूर्ण प्रचार गरिएको सार्वजनिक प्रेस विज्ञप्ति आरोप लगाएका छन् । 

कुर्सी मोह, अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भइ सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अघि बढेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको शरणमा पुगेको उनले टिप्पणी गरेका छन् ।
 

यो पनि