असोज ०६, २०८१, आइतबार
               

प्रदेश सरकारबारे देउवा, प्रचण्ड र नेपाल थप रणनीति बनाउँदै

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रदेश सरकारलाई लिएर छलफल खुलेको छ । 

संघीय सरकारमा सत्ता समीकरण फेरबदल भएसँगै त्यसको प्रभाव प्रदेशमा समेत देखिन थालेका बेला देउवा निवासमा तीन नेताबीच करिब एक घन्टाको छलफल सो विषयमा केन्द्रित भएको खुलेको हो । 

यसअघि प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस आइतबार मात्रै कर्णाली प्रदेशमा सत्तारुढ भएको छ । कांग्रेस सत्तारुढ हुने क्रम सोमबार प्रदेश २ मा हुने विस्तारमा पनि निरन्तरता पाउने बुझिएको छ । 

महन्थ ठाकुर र राजेन्द्र महतो संघमा जसपाको नेतृत्वमा सरकारमा सहभागी भएसँगै प्रदेश २ मा पनि सत्ता साझेदारी परिवर्तन हुन पुगेको हो ।     

तीन नेताबीचमा भएको कुराकानीमा कर्णाली र प्रदेशभन्दा बाहेक अन्य प्रदेशमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको एक नेताले बताए । 

प्रदेश २ मा यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् । 

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको छ ।

यो पनि