बैशाख २०, २०८१, बिहीबार
               

प्रदेश २ सरकारमा कांग्रेस र माओवादी सहभागी हुँदै

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश २ मा सरकारमा कांग्रेस र माओवादी सहभागी हुने भएका छन् । संघीय सरकारमा सत्ता साझदारी परिवर्तन भएसँगै प्रदेशमा पनि सत्तारुढ दल परिवर्तन हुने क्रममा कांग्रेस र माओवादी सरकारमा सहभागी हुन लागेका हुन् । 

आइतबार कर्णाली प्रदेशमा दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको कांग्रेस प्रदेश २ सरकारमा पनि सहभागी हुने भएको छ ।   

सोमबारै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी थाले छन् ।

जसपाको महन्थ–राजेन्द्र पक्षका एक मन्त्री सहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि  मुख्यमन्त्री राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारीमा जुटेका हुन्। एक मन्त्रीका अनुसार आजै साँझमा एक मन्त्री र केही राज्यमन्त्रीहरुको सपथ ग्रहण हुनसक्छ। 

यो पनि