बैशाख १६, २०८१, आइतबार
               

निषेधाज्ञा उल्लङ्घन गर्दै आएको भाटभटेनीलाई कारबाही

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

फुटपाथ र ठेलागाडा व्यापार बन्द गराएर भाटभटेनी सुपरमार्केट खुलाएको भन्दै चर्को आलोचना भएपछि त्यहाँ पनि कडाइ सुरु भएको छ । सबैतिर पसल बन्द गराएर शक्ति र पहुँचको आधारमा खुला गरिँदै आएको भाटभटेनीलाई कारबाही थालिएको हो ।

निषेधाज्ञाको समयमा दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ ।

गत साल भएको लामो लकडाउनमा समेत भाटभेनी खुला थियो । जब कि अरू साधारण पसललाई भने केही समय ढिला खोलेको भन्दै कारबाही गरिएको थियो । यसपटक पनि भाटभटेनीका सबै शाखा सरकारले तोकेको समयभन्दा बाहिर पनि खुल्दै आए पनि लकडाउनको ३८  दिनपछि बल्ल कारबाही भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका लागि कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर पुगेको थियो ।


कस्तो लाग्यो ?

यो पनि