जेठ ०४, २०८१, शुक्रबार
               

ओलीको आरोप झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का कारण एकता नभएको भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएपछि प्रचण्डले प्रतिवाद गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्नु झुट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको बताए।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ। त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।’ आइतबार राति एमाले एकताका लागि आह्वान गर्दै ओलीले प्रचण्डका कारण नेकपा एकता सफल नभएको बताएका थिए।


कस्तो लाग्यो ?

यो पनि