जेठ ०६, २०८१, आइतबार
               

फिर्ता लियो माओवादीले प्रदेश १ सरकारलाई दिएको समर्थन

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

विराटनगर । माओवादी केन्द्रले प्रदेश नम्बर १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सभा सचिवायलमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराइ औपचारिक रुपमा समर्थन फिर्ता लिएको हो ।  

माओवादीले गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनपश्चात् सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै आएको थियो । 

१५ दिन अगाडि प्रिबजेट छलफल गर्नुपर्ने कानूनी व्यवस्थालाई अध्यादेशमार्फत संशोधन गरेको सरकारले बोलाएको प्रदेश सभाको अधिवेशन सोमबारबाट सुरु हुँदै छ।


कस्तो लाग्यो ?

यो पनि