बैशाख १३, २०८१, बिहीबार
               

माग पूरा हुने विश्वसनीय आधार नभए वार्तामा बस्नुको औचित्य छैन : नेपाल समूह

नेपाल फ्ल्यास
जेठ २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्तामा बसिरहनुपर्ने औचित्य नरहेको निष्कर्ष निकालेको छ । 

नेपाल समूहको आफूपक्षीय केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले सो निर्णय निकालेको हो । सो समूहको भर्चुवल बैठक यसअघि लगातार दुई दिनसम्म सञ्चालन भएको थियो । 

आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने गरी सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने सो बैठकको निष्कर्ष छ ।

बैठकको निष्कर्षमा भनिएको छ, ‘ अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आम निर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षड्यन्त्र र जालझेलमा अलमलिनु नहुने सो बैठकको निर्णयमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि