कात्तिक ३०, २०८१, शुक्रबार
               

संविधानमा धाराअनुसार शपथ खाएर संविधानविपरित बोल्नु आपत्तिजनक : गौतम

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपध्यक्ष वामदेव गौतमले सरकारका उपप्रधानमन्त्री भइसकेपछि जसपाका नेता राजेन्द्र महतो दिएकाे अन्तरवार्ताप्रति आपत्ति जनाएका छन्  ।

सरकारका उपप्रधानमन्त्रीकाे रुपमा  संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधाघण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको भन्दै अन्तरवार्ता दिएका थिए । 

एमाले उपाध्यक्ष गौतमले सामाजिक जञ्जालमा भनेका छन्-'नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन ।'

उनले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने र  प्रधानमन्त्री केपी ओलीले राजेन्द्र महतोकाे आन्दोलनका सम्बन्धमा अनभिज्ञता देखाउनु अचम्मित र लाजमर्दो बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि