चैत १६, २०८०, शुक्रबार
               

ओली र महतोलाई बाबुरामको व्यंग्य : दुबैको मुकुण्डो उत्रिएन त ?

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्ने कसरी एकै ठाम?’ उनले अर्को प्रश्न पनि गरेका छन्, ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो?’

भट्टराईले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको एक पक्ष ठाकुर र महतोपक्षका आठ मन्त्री र दुई राज्यमन्त्रीलाई सरकारमा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीट गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि