बैशाख १५, २०८१, शनिबार
               

एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । आज मध्यान्ह १२ बजे नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

गत बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा तथा विविध विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्ने स्रोतले जनाएको छ । तर, उक्त बैठक भर्चुअल माध्यमबाट मध्यान्ह १२ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बताइन् ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा नयाँ पार्टी दर्ता गरेर अघि बढ्नेदेखि एकताको प्रयास गर्दै सर्वोच्च अदालतको निर्णय पर्खिने विषयमा छलफल भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि