बैशाख २९, २०८१, शनिबार
               

नवनियुक्त मन्त्रीको शपथग्रहण ८ बजेका लागि सर्‍यो

नेपाल फ्ल्यास
जेठ २१, २०७८

ADVERTISEMENT

काठमाडौं । जसपा र एमालेबाट मन्त्री बनेकाहरुको शपथ ग्रहण समय सरेको छ । शीतल निवासका अनुसार  साँझ ६ बजे हुने भनिएको सो शपथ ग्रहण बेलुकुी आठ बजेका लागि सरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपिरषद् पुनर्गठनका क्रममा यसअघिका चार  मन्त्रीबाहेक अरुको जिम्वारी हेरफेर गर्ने भएका छन् । मन्त्रीको पदमा बहाल रहने मन्त्रीहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ छन् ।

 प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का आठ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् । एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुवीर महासेठले पाउने भएका छन् । त्यसैगरी शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि