बैशाख २२, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थप दुई हजार ५७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप दुई हजार ५७ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा काठमाडौंमा एक हजार ६३० जना, ललितपुरका २९८ जना र भक्तपुरका १२९ जना छन् ।  

यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा २१ हजार ७ सय ७३ वटा परीक्षण गर्दा ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यससँगै कोरोना संक्रमितको कूल संख्या ५ लाख ७६ हजार ९ सय ३६ पुगेको छ।   

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ४ लाख ६७ हजार चार सय ६७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि