मंसिर ०१, २०८१, शनिबार
               

२०७५ जेठ २ को स्थितिमा फर्कन नेपाल पक्षीय १७ संगठनको आग्रह

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

 नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षधर १७ जनसंगठनले पार्टीलाई ०७५ जेठ २ मा फर्काउन आग्रह गरेका छन् । १७ जनसंगठनका प्रमुखले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधान विपरीत भएका निर्णय सच्याएर पार्टीलाई एकताबद्ध गर्न ओलीलाई आग्रह गरेका हुन् ।

‘हामी चाहन्छौँ, आम नेता तथा कार्यकर्ता चाहन्छन्, एकताबद्ध एमालेकै नेतृत्वमा कम्युनिस्ट आन्दोलन सृदृढ बनोस् । हामी चाहन्छौँ, एमाले कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस्,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको निम्ति पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् ।’

साथै सो विज्ञप्तिमा ०७५ जेठ २ अघिकै स्थितिमा क्रियाशील नभए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्ने चेतावनी पनि दिएका छन् । 

‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताको साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौँ ।’

 

 


कस्तो लाग्यो ?

यो पनि