चैत १५, २०८०, बिहीबार
               

एमाले स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
जेठ २०, २०७८

File photo
ADVERTISEMENT

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । 

यता नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ। ओली पक्षले यो बैठक अनधिकृत व्यक्तिले बोलाएकाले बैठकमा सामेल नहुन केन्द्रीय कमिटी सदस्यहरुलाई बिहीबार बिहान निर्देशन दिएको थियो।उक्त निर्देशनका बाबजुत नेपाल पक्षको बैठक जारी छ।


कस्तो लाग्यो ?

यो पनि