चैत १६, २०८०, शुक्रबार
               

एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुटो प्रचार : गोकर्ण विष्ट

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टले आफ्नो बारेमा सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै आपत्ति जनाएका छन् । 

विष्ट पार्टीको संस्थापन पक्षसँग वार्तामा रहेको भन्दै माधव नेपाल पक्षबाट आफू अर्को समूहमा नगएको बताउदै गलत प्रचार भएकाे बताएका हुन् । नेता विष्टले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताएका छन् । एकताका लागि गरिएका इमान्दार प्रयासलाई कमजोर पार्ने प्रयास भइरहेको उनको भनाइ छ।

विष्टले आज सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै पार्टी र जनसंगठनहरुका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काउनु पर्ने आफ्नो अडानमा यथावत रहेको समेत प्रष्ट पारेका छन् ।


कस्तो लाग्यो ?

यो पनि