बैशाख २४, २०८१, सोमबार
               

गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने सरकारको नीतिप्रति प्रचण्डको आपत्ति

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय तत्काल खारेज गर्न माग गरेका छन् । 

सरकारले सर्वजनिक गरेको बजेटमा  ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम नगर्न नहुने भन्दै सरकारको आलोचना भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधबार सो माग गरेका हुन् । 

बुधबार प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको आरोप लगाएका छन् । 

साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।  

सरकारले बजेटमार्फत् भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारको सो नीतिलाई  लिएर चौतर्फी रुपमा विरोध भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि