जेठ ०५, २०८१, शनिबार
               

आफ्ना 'यार' पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने छर्लंग भयो : थापा

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

बुधबार सामाजिक सञ्‍जालमार्फत थापाले 'संसद् नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा 'नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने'कार्यक्रम घुसाएको' बताएका हुन् । 

आफ्ना 'यार' लाई पोस्नका लागि सरकारले नीतिगत भ्रष्टाचार गरेको पनि उनको आरोप छ । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि