एमालेका नेता योगेशकुमार भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई अन्यथा मान्न नहुने बताएका छन्।
कार्यकारी प्रमुख जसरी राष्ट्रपति भण्डारी सक्रिय भएर खोपका लागि बिन्ती गरेको संविधानविपरीत भन्दै चर्को आलोचना भइरहँदा भट्टराईले यस्तो बताएका हुन् ।
राजनीतिक विषयमा भने संविधानले नै राष्ट्रपतिको अधिकार र सक्रियतामाथि सीमा लगाइदिएको बताएका छन्। राष्ट्रपति भण्डारीले केही दिन यता विभिन्न देशका प्रमुखलाई पत्राचार गर्दै कोभिडविरुद्धको खोपका लागि याचना गरिहरेकी छन् ।
कार्यकारी प्रमुख रहेको प्रधानमन्त्री केपी ओलीले त्यसरी याचना गर्नुपर्नेमा उल्टो राष्ट्रपति भण्डारीले याचना गर्नु संविधानविपरीत भएको भन्दै विरोध भइरहेको हो ।
राजनीतिक बिषयमा राष्ट्रपतीको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको छ । सामाजिक सद्भभाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतीको अग्रसरताले सार्थक परिणाम आउंछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतीको सक्रियतालाई यसरी नै बुझ्ने की ?
— Yogesh Bhattarai (@yogesbhattarai) June 1, 2021