बैशाख २५, २०८१, मंगलबार
               

ओलीलाई अर्को धक्का : उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डेय निर्वाचित

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्।

उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३६१२ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१३ गरी २९६ मत खसेको थियो । प्रदेशसभा र स्थानीय तहतर्फका १/१ मत बदर भएको थियो ।

यसअघि बागमती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि