नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ ।
पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए । संसदीय दलले केन्द्रको निर्णय अवज्ञा गरेसँगै अब सुदूरपश्चिममा पनि एमालेभित्र विवाद थप उत्कर्शमा पुगेकाे हाे ।
केही बेरअघि सकिएको प्रदेश संसदीय दलको बैठकले त्यसको विपक्षमा निर्णय गरेको हो । ५२ सदस्यीय प्रदेशसभामा एमालेका २५ जना प्रदेशसभा सदस्य छ्न् ।