बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्री र प्रधानन्यायाधीशको मध्यरातमा भएको भेट शुभ संकेत होइन : पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति सामाजिक संजालमा टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको बताए।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले ओलीले खिलराज रेग्मी प्रकरण दोहोर्‍याएर संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै आलोचना गरेका हुन् ।

ओलीले दोस्रो पटक संसद विघटन गरेर चुनावको मितिसमेत घोषणा गरिसकेका छन् । तर, ओलीको यो कदमको चौतर्फी विरोध भइरहेको छ । साथै मध्यरातमा प्रधानान्याधिशलाई भेट्न बोलाएकाे समाचार बाहिरिएपछि पूर्वप्रधानमन्त्री भट्टराईले आपत्ति जनाएका हुन् । 

यो पनि