जेठ ०५, २०८१, शनिबार
               

चुनावभन्दा पहिले जीवन रक्षालाई प्राथमिकतामा राखौँ : २२ साना दल

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित २२ दलले संसद् पुनःस्थापनाको माग गरेका छन् । सोमवार विज्ञप्ति जारी गर्दै २२ साना दलले सो माग गरेका हुन् । 

२२ दलको कार्यगत एकताको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गुजरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन ।’

उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेजसमेत माग गरेका छन् । विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दाबी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ गते मध्यरातमा संसद् विघटन गरेकी छन् । त्यसपछि संसद्मा प्रतिनिधित्व गरिरहेका ५ दलका सांसदहरु सर्वोच्च गएका छन् । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने, संसद् पुनःस्थापना हुनुपर्ने र तत्काल संसद् अधिवेशन बोलाउनुपर्नेलगायतका माग राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि