काठमाडौं । विपक्षी गठबन्धनलाई सहयोग गरेको कारवाही थालिएको नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ ।
एमाले स्थायी कमिटिको बैठकले नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।
बरू कारवाही भोग्ने तर स्पष्टीकरण नदिने रणनीति माधव समूहले लिएको छ । एमाले अध्यक्ष ओलीले आज सोमबार साँझ ४ बजे स्थायी कमिटि बैठक बोलाएका छन् । संभवत बैठकले ती नेताहरूलाई कारवाही गर्ने छ ।