जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । प्राप्त जानकारी अनुसार बालुवाटार प्रधानमन्त्री निवासमा दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बस्ने छ ।

उक्त बैठकमा आगामी निर्वाचनको घोषणाविरुद्ध विपक्षी गठबन्धनको सर्वौच्चमा रिट निवेदन तयारी गरेको र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ । यसभन्दा अगाडि यही ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि