मंसिर ०१, २०८१, शनिबार
               

राप्रपाले भन्यो ‘हामी चुनावकै पक्षमा छौँ’

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वदलीय सहमतिका आधारमा चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने सुनिश्चित गर्न सरकारसंँग माग गरेको छ ।

जनअभिमत र शक्तिबाट अहिले देखिएका कमजोरी र विकृतिको  समाधान खोज्न सकिने जनाउँदै राप्रपाले सोही विश्वासका साथ पार्टी चुनावको पक्षमा रहेको बताएको छ ।

राप्रपा केन्द्रीय सचिवालय कार्यव्यवस्था समिति बैठकद्वारा पारित प्रस्तावमा भनिएको छ, ‘कोरोना महामारीका बीच चुनावमा कसरी जाने भन्ने गम्भीर प्रश्न भने खडा भएको छ । महामारी नियन्त्रण नगरी स्वतन्त्र र निष्पक्ष चुनाव हुन सक्दैन ।’

संविधान, विधि र कानूनको पूर्ण पालना र सम्मान हुनुपर्नेमा जोड दिँदै पार्टीले राज्यको सम्पूर्ण शक्ति र स्रोत परिचालन गरी महामारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेको छ । राप्रपाले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्काल प्रारम्भ गर्न पनि अनुरोध गरेको छ ।

यो पनि