काठमाडौं । विपक्षी गठबन्धनले प्रधानमन्त्रीले चालेको कदमका सम्बन्धमा कानुनविद्हरुसँग छलफल गर्ने भएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा केही बेरमा छलफल हुन लागेको एक नेताले जानकारी दिए ।
यसअघि बसेको विपक्षी गठबन्धनको बैठकले राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाउने १४९ जना सांसदका तर्फबाट सर्वोच्चमा रिट दायर गर्ने निष्कर्ष निकालेका थिए ।
पुन: संसद विघटनले संविधानको अस्तित्व गुमेको बताउँदै आएका विपक्षी गठबन्धन सर्वोच्च जाने तयारी गरिरहेका बेला सोभन्दा अघि कानुनीविदहरुसँग छलफलमा बस्न लागेका हुन् । शुक्रबार मध्यरातपश्चात् आजकै दिन संसद विघटन भई कातिक २३ र मंसिर ३ का लागि मध्यवाधि चुनावको घोषणा भएको छ ।