कात्तिक ०२, २०८१, शुक्रबार
               

पुन: संसद् पुनर्स्थापना हुन्छ : प्रचण्ड

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: संसद पुनर्स्थापना हुने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको बताउँदै उनले सो बताएका हुन् । 

शनिबार विपक्षी गठबन्धनको बैठकपश्चात् प्रचण्डले भने, ‘पुन: संसद पुनर्स्थापना भएर लोकतन्त्र ट्रयाकमा जानेछ भन्ने विश्वास छ ।’
प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमुलक तरिकाले देशलाई दुर्घटनातिर लगेको भन्दै उनले थपे, ‘यसलाई नेपाली जनताले सहने छैनन् । स्थानीय तहदेखि संसद विघटनको विरोधमा प्रतिवाद सुरु हुनेछ र अदालतमा पनि सशक्त बहस हुनेछ ।’

शनिबार बसेको विपक्षी गठबन्धनको बैठकले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी रुपमा लडाइँ लड्ने निर्णय पनि गरेको छ । देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गर्दागर्दै दाबी नपुग्ने भनी राष्ट्रपतिबाट मध्यराति संसद विघटन हुनु अपारदर्शी र निरंकुश कदम भएको प्रचण्डको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि