बैशाख २७, २०८१, बिहीबार
               

बागमती प्रदेशले सोध्यो अष्टलक्ष्मीसहित १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठकाडौं । नेकपा एमालेले माधव नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शनिबार बसेको एमाले बागमती प्रदेश संसदीय बोर्डको बैठकले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादललाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।


कस्तो लाग्यो ?

यो पनि