बैशाख १७, २०८१, सोमबार
               

विपक्षी गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेसंगै संयुक्त बैठक बोलाइएकाे हाे । 

संसद्‌ भवन नयाँ बानेश्वरमा शनिबार बिहान ११ बजे बैठक डाकिएको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) को माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो) सहभागी हुनेछन्।

प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि