बैशाख २२, २०८१, शनिबार
               

लास बन्दकी राख्ने अस्पतालले गर्‍यो पैसा फिर्ता, रवि लामिछाने किन मौन ?

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

पैसा तिर्न नसक्दा कोरोना सङ्क्रमितको लास नै बन्दकी राखेको रवि लामिछानेले सहकार्य गरेको जनमैत्री अस्पतालले मृतकका आफन्तलाई पैसा फिर्ता गरेको छ । उपचार खर्च पुरै नतिरेको भन्दै मृत्यु भएको १३ घण्टासम्म अस्पतालमै लास राखेको सो अस्पतालले घटना विवादित बनेपछि पैसा फिर्ता गरेको हो । यस विषयमा विभिन्न मिडियामा समाचार प्रकाशित भएपछि अस्पताल र रवि लामिछानेको आलोचना भएको थियो । 

माओवादी नेताहरूको करोडौँ लगानी रहेको सो विवादित अस्पताल लामो समययता बन्द थियो । अहिले महाविपत्तिको समयमा सीमित व्यक्तिहरूले कमाऊधन्दाको रुपमा प्रयोग गर्न सञ्चालनमा ल्याइएको आरोप छ । जसमा अहिले समाजसेवाको नाममा जोडिएका छन्– टेलिभिजन जगतका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने । उनकै समूहले ‘पैसा तिर्न सक्नेका लागि थोरै पैसा र पैसा नहुनेहरूका लागि सित्तैमा उपचार गर्ने’ नारा भजाउँदै आएको छ ।

तर कोभिडका बिरामीका लागि एकै दिनको एउटा क्याबिनको सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएको सो अस्पताले सामान्य मानवीय संवेदना समेत ख्याल नगरी पुरै पैसा नतिरेको भन्दै लास समेत दिएन । नयाँ बजार निवासी कोरोना सङ्क्रमित ६० वर्षीय रामचन्द्र श्रेष्ठको बिहीबार बिहान २ बजे निधन भएको थियो । आफन्तले एक लाख १६ हजार रुपैयाँ तिरिसकेका थिए ।

तर अस्पतालले उपचार शुल्क बापत बाँकी रहको ७७ हजार र औषधीको थप केही शुल्क मागेर दाहसंस्कारको लागि शव दिन मानेन । पैसापछि दिने सर्तमा बल्लतल्ल लास दियो । विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै आएको रविको समूहको नाम जोडिएको अस्पतालले सामान्य नागरिकमाथि गरेको यो अत्याचार सानो थिएन । 

सो अस्पतालले कोरोना उपचारबापत सरकारी मापदण्डविपरीत रकम लिएको र अझै थप पैसा नदिई शव लैजान नदिने बताएको सप्रमाण भेटिएपछि समाचार बाहिरिएको हो । समाचार बाहिरिए लगतै अस्पताल प्रशासनले मृतकका सालो नाता पर्ने राजु श्रेष्ठलाई बोलाएर १ लाख १६ हजार रुपैयाँ फिर्ता गर्याे । अस्पताल प्रशासनबाट पैसा फिर्ता लिएका राजुले सोही रकम रवि लामिछाने फाउन्डेसनलाई सहयोग गरेका छन् । 

रवि लामिछानेद्वारा अपराध ढाकछोप, घटना डाइभर्ट 

यता रवि लामिछानेले भने घटनाको मुख्य अपराधलाई ढाकछोप गर्दै घटना डाइभर्ट गराएका छन् । पैसा पुरै नदिएसम्म लास नदिई १३ घण्टासम्म मृतकका परिवारलाई यातना दिइएको विषयमा उनी मौन छन् । यदि मृतकका आफन्तले पैसा तिर्न नै सक्ने थिए भने किन सदगतको लागि लास दिइएन ? 

उल्टै उनले यस घटना डाइभर्ट गराउन पैसा तिर्न नसक्नेका लागि मात्रै निःशुल्क उपचार गर्ने भन्दै घटना ढाकछोप गरेका छन् । अस्पतालले फिर्ता दिएको पैसा सहयोग पाएको भिडियो बनाउँदै रविले अस्पतालका धेरै अनियमितता लुकाएका छन् । यसअघिको सर्वसुलभ उपचार शुल्कको भजन भने उनले गाएनन् ।

यस्तै बिरामीको उपचारको लागि लिइएको १ लाख १६ हजार कुन कुन शीर्षकमा खर्च भयो ? बाँकी मागिएको लाखौँ रकम के–केका लागि थियो ? भन्ने समेत उनले खुलाउन चाहेको देखिँदैन ।  यस कारण रविले निजी अस्पतालमा सहकार्य गर्न जानुले बिरामीसँग लाखौँ पैसा असुल्ने तर कोही कसैले विरोध गरिहाले भने छुट दिएको जस्तो देखाउने गर्ने नियत रहेको भन्दै धेरैले आशङ्का गरेका छन् ।

अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले भने ‘रविले समाजसेवाको लागि किन विवादित निजी अस्पतालै रोजे त ? सरकारी, अर्धसरकारी धेरै अस्पताल छन् । त्यहाँ किन गएनन् उनी ? निजी अस्पताल पनि निर्विवाद रहेका अरू धेरै छन् ? यसमा केही न केही गडबडी देखिन्छ ।’ 

एउटाको लास अरूको नाम

यता मृतकको शव प्याकिङ गरेपछि अस्पतालले रामचन्द्र श्रेष्ठ हुनुपर्नेमा अर्को नाम लेखिदिएको थियो । जस कारण रामचन्द्रको शव कुन रहेछ भनेर पत्ता लगाउन त्यहाँ रहेका प्याकिङ गरिएका केही लासहरू खोलेर हेर्नुपरेको थियो । 

कोरोना सङ्क्रमितको शव प्याकिङ गरेपछि खोल्न नमिल्ने प्रावधान छ । किनकि कोरोना सङ्क्रमण अरूलाई सर्न सक्छ । अस्पताल प्रशासनको यस्तो गम्भीर लापरबाहीको समेत रवि चुप छन् ।

कसलाई दिइयो सय सिलिन्डर ?

यता १ सय ३ वटा अक्सिजन सिलिन्डर ल्याएको भन्दै हुइया मच्चाउने रवि लामिछाने यस विषयलाई पनि पुष्टि गर्न सकेनन् । अस्पतालमा जति पनि उपचाररत बिरामी छन् अधिकांशले आफैँले अक्सिजन ल्याउँदै आएका बिलहरू देखाएका छन् । 

अस्पतालले ‘अक्सिजन छैन’ भनेपछि बिरामीका आफन्तले मध्यरात धेरै टाढासम्म चहारेर अक्सिजन ल्याउनुपरेको गुनासो गरेका छन् । 

यदि अस्पतालमा १ सय बढी सिलिन्डर थिए भने कहाँ गए त ? किन बिरामीका आफन्तलाई नै असिक्जन ल्याउन दुख दिइयो ? यस विषयमा पनि रवि मौन छन् ।

यो पनि पढ्नुस्

– रवि लामिछानेको जनमैत्री अस्पतालको ठगी धन्दा : पैसा तिर्न नसक्दा उठेन सङ्क्रमितको शव

अराजक समर्थकको व्यवहारबाट रवि थप बदनाम

सर्वसुलभ उपचार शुल्कको नाउँमा चर्को उपचार शुल्क, लास नै बन्दकी राखेको लगायतका घटनालाई डाइभर्ट गराउने नियतका साथ रवि मात्रै होइनन्, उनका केही अन्धभक्त समर्थकसमेत लागि परेका छन् । उनका केही समर्थकहरू राति १० बजे अस्पतालबारे प्रकाशित समाचारसँग सम्बन्धनै नराख्ने पत्रकार ऋषि धमलाको कार्यालयमा गएका थिए ।

रबी लामिछानेको समर्थक बताउने दुई जना महिलाले यस्तो न्युजले रबी दाइलाई तनाव भयो भन्दै हटाइदिन अनुरोध गरे । ‘ ऋषि सर, तपाई र रबी नै हो यो देश बनाउने, त्यसैले त्यो समाचार हटाइदिनुपर्‍यो, समाचारका कारण हामीलाई धेरै तनाव भयो,’ एक महिलाले भनेकी थिइन् ।

उनीहरूले ‘दाइसँग लामो समयपछि भेट्न पाइयो’ भन्दै फोटोसँगै फोटो खिच्न दिन धमलालाई अनुरोध गरे ।

प्राइम टाइम्स टेलिभिजनका सञ्चालकको निधन बिहीबारै भएको थियो । आफू ‘शोकमा रहेको र फोटो खिच्ने मुडमा नरहेको’ धमलाले जवाफ दिए ।

धमलाले सँगै बसेर फोटो खिच्न नदिएपछि रवि लामिछानेका समर्थकहरूले धमलाले थाहा नपाउने गरी लुकाएर फोटो खिचेका रहेछन् । अनि फेसबुकमा पोस्ट गरेका छन् ‘रविलाईलाई बदनाम गराउने धमलालाई उनकै कार्यालयमा गएर झाँको झारियो ।’

यो पनि