बैशाख २०, २०८१, बिहीबार
               

प्रधानमन्त्रीको दाबी खारेज गरी चुनाव घोषणा गर्न अध्यक्ष थापाको सुझाव

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय  प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार नभएको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आ-आफ्नो बहुमत देखाएर ७६ (५) अन्तर्गतको सरकारमा दाबी गरेसँगै थापाले ट्वीट गर्दै सो टिप्पणी गरेका हुन् ।

उनले दुबै दावीमा जाली र कीर्ते गरिएको भन्दै दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा गर्न राष्ट्रपतिलाई सुझाव समेत दिएका छन्।

सत्ता र प्रतिपक्षीले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको र लोकतन्त्रको नाममा ब्रम्हलुट गरेको आरोप लगाउँदै थापाले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने उल्लेख गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि