बैशाख २२, २०८१, शनिबार
               

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न किन्तु परन्तु गर्ने ठाउँ छैन : भट्टराई

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । केपी शर्मा ओली र राष्ट्रपतिले खुरापत गरेको बताउँदै खबरदारी गर्न आमजनतालाई आह्वान गरेका छन् । धारा ७६ (५) वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि कुनै किन्तु परन्तु टार्ने ठाउँ नभएको बताउँदै सो आह्वान गरेका हुन् । 

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी लगायतले अब कुनै खुराफात गर्ने आधार नभएको संकत गर्दै जालझेल गरी टार्ने स्थान नभएको बताएका छन् । 

ओली सरकारविरुद्ध कडा टिप्पणी गर्दै आइरहेका डा. भट्टराईले  धारा ७६ (५) वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री नियुक्तिका निम्ति गरेको प्रस्तावलाई कुनै किन्तु परन्तु टार्ने ठाउँ नभएको बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा ट्वीट गर्दै यस्तो बताएका हुन् ।

जालझेल गरी टार्ने ठाउॅ छैन,खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे आम जनताले खवरदारी र प्रतिबाद गर्ने छन् उनले भने ।जनतालाई आह्वान गर्दै आमजनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्छ उनले भनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि