बैशाख २२, २०८१, शनिबार
               

प्रधानमन्त्रीमा ओलीको पनि दाबी !

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । 

उनले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

ओली निकट एक नेताले संसदको सबभन्दा ठूलो दल भएकाले  प्रधानमन्त्रीको पदमा दाबी गरिएको बताए । ओलीले नेकपा एमालेका १२१ सांसद र जसपाका १६ जनासहित सो पदमा दाबी पेस गरेका हुन् । 

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

ओलीले आफू पक्षीय संसदको हस्ताक्षरको दुरुपयोग गरेको समेत आरोप लगाएको खुल्न आएको छ । 


कस्तो लाग्यो ?

यो पनि