बैशाख २२, २०८१, शनिबार
               

विपक्षी गठबन्धनभन्दा पहिले ओली किन पुगे शीतल निवास ?

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । विपक्षी गठबन्धन नयाँ सरकार बनाउनका लागि १४९ संसदको हस्ताक्षरभन्दा पहिले नै प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन् । 

आफूविरुद्ध गठबन्धन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेट चलिरहँदा १४९ जनाको हस्ताक्षर बोकेर शीलत निवास पुगेका विपक्षी  गठबन्धनका नेताहरुले प्रतीक्षा गर्नुपरेको थियो।

एक स्रोतका अनुसार जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकिएको छ। 'हामीले चाहिने जति हस्ताक्षर हिजै बुझाइसकेका छौं । प्रधानमन्त्री ओली त्यही लिएर जानुभयो होला । राष्ट्रपतिले ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ होला,’  ती सांसदले भने।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रधानमन्त्रीमा दाबी पेश गर्न शितल निवास गएका छन्। उनलाई एमालेका २७ र जसपाका १३ सांसदले साथ दिएका छन् ।

ओली यो समाचार तयार पार्दासम्म शीतल निवासबाट बाहिरिइसकेका छन् ।

यो पनि