बैशाख १५, २०८१, शनिबार
               

उपनिर्वाचन मतगणना अपडेट: बादलभन्दा देवकोटा २५ मतले अघि

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं  । बाग्मती प्रदेश राष्ट्रिय सभा उपचुनावको मतगणना जारी रहँदा कांग्रेस, माओवादी, जसपा र एमालेकै नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटाले अग्रता लिएका छन् । 

केहीबेर अघि समापन उपनिर्वाचनमा यतिखेर स्थानीय तहको मत गणना भइरहेको छ । जसमा नेकपा (एमाले)का तर्फका उमेदवार रामबहादुर थापा ‘बादल’को १०३ मत पाएका छन् । उनको मतभार १ हजार ८५४ भएको छ । 

त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको तर्फबाट डा. खिमलाल देवकोटाको १२८ मत पाएका छन्। बादलभन्दा खिमलाल  २५ मतले अघि छन् । उनको मतभार २ हजार ३०४ भएको आयोगले जनाएको छ ।  र, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट उमेदवार रहेका कृष्णबहादुर तामाङले २ मत पाएका छन् । उनको मतभार ३६ रहेको छ । बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेका हुन् ।

बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ​मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ ।  उपनिर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा ३४८ जना मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि