बैशाख २४, २०८१, सोमबार
               

उपनिर्वाचन मतगणना सुरु

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार रहेको सो निर्वाचन भएको केही छिनपछि मतगणना सुरु भएको हो । 

बादल नेकपा एमालेका उम्मेदवार हुन् भने देवकोटालाई नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र–बाबुराम पक्षको समर्थनमा एमालेको उम्मेदवार बनाइएको थियो । 

बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो । ​मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ । 

उपनिर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा ३४८ जना मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ । 

बागमती प्रदेशका प्रदेश सांसद र स्थानीय तहका अध्यक्ष\उपाध्यक्षले मतदान गर्न पाउने निर्वाचनमा एमालेको बहुमत छ। तर एमालेको मत खण्डित भएकाले निर्वाचनको परिणाम के आउँछ भन्ने चासो बढेको छ। 

केही बेरअघि मात्रै नेकपा एमालेले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ । जसका कारण जित देवकोटाको पक्षमा आउँछ कि भनी आँकलन गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि