बैशाख २२, २०८१, शनिबार
               

राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी छ । बिहान ९ बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया गरेका हुन् । 

हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ । 

निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि