जेठ ०३, २०८१, बिहीबार
               

एमाले कार्यदलको बैठक स्थगित

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेभित्रको समस्या समाधानार्थ गठित बैठक बैठक स्थगित भएको छ ।

बुधबारका लागि तय भएको सो बैठकमा सबै उपस्थित हुन नसक्ने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो ।आजको बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो ।

कार्यदलमा अध्यक्ष ओली र माधव नेपाल पक्षका ५–५ जना नेता रहेका छन् । जसमा ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् । उता, वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।

आइतबार गठित कार्यदलले तीन दिनभित्र काम सक्ने बनाइएपनि बैठक बस्नै सकस पर्दै आएको छ ।  कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो । सो दिनको बैठकले पार्टी पङ्क्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आव्हान गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि