जेठ ०३, २०८१, बिहीबार
               

राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री थापालाई नेता नेपालले साथ दिने

नेपाल फ्ल्यास
जेठ ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् ।

कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । 

यही जेठ ६ गते राष्ट्रियसभाको उपनिर्वाचन वाग्मती प्रदेशमा हुँदै छ । गृहमन्त्री थापा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार हुन् । विपक्षी गठबन्धनबाट उक्त उपनिर्वाचनमा डा. खिमलाल देवकोटा उम्मेदवार छन् ।

उक्त भेटवार्ताका क्रममा पार्टीको आन्तरिक विवाद समाधानका विषयमा समेत उनिहरुबीच छलफल भएको थियो । गृहमन्त्री थापा नेकपा (एमाले) मा गएपछि नेकपा (माओवादी केन्द्र) को सिफारिशमा उनी पदमुक्त भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि