जेठ ०५, २०८१, शनिबार
               

कम्युनिस्ट एकता अझै सम्भव छ : श्रेष्ठ

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझै कम्युनिष्टहरुबीच एकता आवश्यक रहेको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै श्रेष्ठले सो बताएका हुन्  । 

माओवादी केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्यका साथ पार्टी एकता गरेको पार्टी देशी विदेशी शक्तिको योजनामा फुटाइएको आरोप उनल‍े लगाए । 

‘हाम्रो उद्देश्यलाई कायमै राख्नुपर्छ,’ नेता श्रेष्ठले भने, ‘पार्टी एकता एकचोटि विदेशी र देशभित्रका पार्टी एकताको मर्म नबुझ्ने र जनताप्रति गम्भीर र इमान्दार नहुने प्रवृत्तिले पार्टी एकतालाई विभाजनमा पुर्यायो भनेर कम्युनिष्टहरुको एकता काम नलाग्दो रहेछ भन्ने सोच्नु गलत हुन्छ ।’

कमजोरी सच्याउने प्रयत्न गर्दा विदेशी र यहाँभित्रको प्रतिगामी शक्तिका कारण नकारात्मक चुनौतीको सामना गर्नुपरेको बताउँदै उनले आफूहरु हिम्मत नहार्ने बताए । 

उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नुहुँदैन । हामीले बाह्य शक्तिहरुको हस्तक्षेपबाट देशको स्वाधीनताको रक्षा गर्ने, प्रतिगमनको दिशातिर देशलाई लैजान नदिने, कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्यसको निम्ति पहिला वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्ने ।’

यो पनि