जेठ ०५, २०८१, शनिबार
               

‘विभाजनकारी र अवसरवादीको कारण एमाले–माओवादी मिल्न सकेन’

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादीको कारण एमाले र माओवादीबीच एकीकरण हुन नसकेको बताएका छन् ।

उनले आज परेको २८औँ मदन आश्रित स्मृति दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै ओलीले विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने तथा राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने इमान्दार प्रयास गरेपनि सो सफल नभएको बताएका हुन्‌ ।

प्रधानमन्त्री ओलीले ​कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा निरन्तर लागिरहन आफूहरू कृतस्संकल्पित रहेकोसमेत वक्तव्यमा उल्लेख गरेका छन्‌ ।

​२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय ढंगले निधन भएको थियो ।

सो दिनको सम्झनामा एमालेले जेठ ३ गते मदन-आश्रित स्मृति दिवस मनाउने गर्छ । तीन वर्षयता एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपा (अहिले विभाजित) ले दिवस मनाउन सुरु गरेको थियो  ।


कस्तो लाग्यो ?

यो पनि