बैशाख १४, २०८१, शुक्रबार
               

समस्या समाधानार्थ वार्ता टोली गठन गर्ने वान टु वान वार्ताको निष्कर्ष

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले विवाद सुल्झाउन दश जनाको टोली गठन गरिएको छ। आइतबार अध्यक्ष ओली र नेपालबीच भएको वान टु वान वार्तामा सो सहमति भएको हो । सो वार्तामा दुवैतर्फबाट ५/५ जना सदस्य रहने बताइएको छ । 

ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । 

बैठकपछि नेता माधव नेपालले ३ दिनभित्र वार्ता टोलीले पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको बताए । तर प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको बताएको जानकारी दिए ।

गत शुक्रबार दुवैतर्फका नेतासहित छलफल गरेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आज त्यसैलाई निरन्तरता दिँदै वार्ता टोलीको टुंगो लगाएका हुन्  । दुवैतर्फको विवाद उत्कर्षमा पुगेका बेला ओली र नेपालबीच २०७५ जेठ २ मा फर्किने सहमतिसँगै एमालेमा देखिएको समस्या समाधानउन्मुख भएको हो ।


कस्तो लाग्यो ?

यो पनि