बैशाख ३१, २०८१, सोमबार
               

ओली-नेपालबीच वार्ता सुरु

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । 

पार्टी विवाद समाधानका लागि कार्यदल सदस्यको टुंगो लगाउन आइतबार दिउँसो १ हुने भनिएको भेटवार्ता केही बेर ढिला गरी सुरु भएको हो । 

आजको दुई नेताको बैठकले  कार्यदलका सदस्यको टुंगो लाग्ने बताइएको छ । दुई नेताबीच शुक्रबार पनि छलफल भएको थियो । त्यस छलफलले विवाद समाधानका निम्ति कार्यदल गठन गर्ने निष्कर्ष निकालेको थियो ।

गत बिहीबार चपलीहाइटमा अध्यक्ष ओली र नेपालबीचको संवादमा नौ सदस्यीय कार्यदल बनाउने अनौपचारिक समझदारी बनेको थियो ।  कार्यदलको सदस्य भने टुंगो लाग्न सकेको थिएन ।


कस्तो लाग्यो ?

यो पनि