काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलाएका छन् ।
आफूले व्यक्ति ओली नभई प्रधानमन्त्रीसँग भेटेको तर आफ्नो प्रस्तावलाई ओलीले अस्वीकार गरेको बताएका छन् ।
मध्यरातमा भट्टराईले आफूलाई प्रधानमन्त्री बनाउन ओलीसँग भेटघाट गरेको एमाले नेता महेश बस्नेतले आरोप लगाएपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।
प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं! https://t.co/PPC5YhVfFc
— Baburam Bhattarai (@brb1954) May 16, 2021