बैशाख २१, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीमा फेरि ओली नै !

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपतिको आह्वानअनुसार संसदमा दुई वा सोभन्दा बढी दल मिलेर सरकार बन्न बहुमत नपुगेपछि प्रधानमन्त्रीमा केपी शर्मा ओलीलै दोहोरिने संभावना बढेको छ ।

राष्ट्रपतिले दिएको समय आज राति नौ बजेबाट सकिँदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ । उसले जसपा समर्थन वा माधवकुमार नेपाल पक्षका सांसदको राजीनामा नभएपछि सरकारको आशा मारेको हो । 

यता जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो लगातार प्रधानमन्त्री ओलीसँग सम्वादमा छन् । 

दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार नबने ओलीलाई आजै राति वा शुक्रबार विहान संविधानको धारा ७६ (३) अन्तर्गत राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संभावना छ । त्यो सरकारले एक महिनाभित्र संसदमा बहुमत साबित गर्नुपर्ने हुन्छ ।


कस्तो लाग्यो ?

यो पनि