जेठ ०४, २०८१, शुक्रबार
               

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ।  नयाँ सरकारका लागि सबै दलभित्र छलफल जारी रहेका बेला केही बेरअघिबाट माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । 

बैठकअघि अध्यक्ष दाहालले कांग्रेस सभापतिसँग भेटवार्ता गरेका थिए । सो भेटमा नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्ने सहमति भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि