जेठ ०४, २०८१, शुक्रबार
               

देउवा- दाहालबीच छलफल जारी

नेपाल फ्ल्यास
बैशाख ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर र माओवादी केन्रद्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता सुरु भएको छ । 

देउवा र जसपा ठाकुर महतोबीच भएको भेटवार्तालगत्तै देउवा र दाहालबीच भेटवार्ता भएको हो । देउवा र दाहालबीच बूढानीलकण्ठमा भेटवार्ता चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालवीच बूढानीलकण्ठकै चपली हाइटमा वार्ता चलिरहेको छ । त्यसैगरी, ठाकुर महत्तो नेतृत्व जसपाको बैठक पनि जारी छ । यी सबै बैठक तथा छलफल सरकार निर्माणमा केन्द्रित छन् । 

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै सकिने भएकाले दलहरुबीच दौडधूप जारी छ ।


कस्तो लाग्यो ?

यो पनि