जेठ ०४, २०८१, शुक्रबार
               

पुनर्नियुक्त मुख्यमन्त्री गुरुङले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका छन् । पुन: मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले आजै गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनी २७ गते विश्वासको मत आफ्नो पक्षमा आउने सम्भावना नदेखेपिछ पदबाट राजीनामा दिएका गुरुङ बुधबार पुन: सो पदमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले बुधबार साँझ उनलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । 

गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

बुधबार  नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भनी दावी पेश गरेका थिए ।

तर प्रदेश प्रमुख पौडेलले पोखरेलको दावी नपुग्ने भन्दै संविधानको धारा १६८ (३) अनुसार गुरुङलाई अल्पमतको सरकारको मुख्यमन्त्रीको रुपमा नियुक्त गरेकी हुन् ।

यो पनि