बैशाख २५, २०८१, मंगलबार
               

सामूहिक राजीनामा दिनुपर्छ: नेता रावल

नेपाल फ्ल्यास
बैशाख २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार सर्वजनिक सञ्जाल ट्विट गर्दै सो बताएका हुन् । 

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, ‘राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री केपीलाई रोक्न पदमुक्त गर्न आवश्यक छ,’ सो ट्विटमा भनिएको छ, ‘यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ । यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ ।’

नेता रावल प्रधानमन्त्री केपी शर्मा ‌ओलीविरुद्ध नेकपा छँदै खरो विरोधीका रुपमा उत्रिँदै आएका नेता हुन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सो क्रम बढ्दै गए पनि २३ फागुनको सर्वोच्चको फैसला पश्चात् सो ग्राफ अझ बढेको छ ।

यो पनि